भारतीय युवा नेता कन्हैया कुमार पक्राउ

Breaking News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय अपराध राजनीति समाचार

नयाँदिल्ली: भारतका वामपन्थी नेता तथा जेएनयूका पूर्वअध्यक्ष कन्हैया कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार कन्हैयालाई प्रहरीले चम्परणस्थित हिरासतमा राखेको छ । आफ्ना समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ ।
कन्हैयाले भने ट्वीटर मार्फत यसबारे जानकारी दिएका छन् । उनले यसअघि भारतको नागरिकता संशोधन कानुनको विरोध गर्दैआएका थिए ।जेएनयूमा छँदा उनीमाथि देशद्रोहको मुद्दा समेत लगाइएको थियो ।

हिरासतमा लगिएपछि कन्हैयाले भनेका छन्, ‘अब त देशमा र्याली गर्न पनि अनुमति लिनुपर्छ । जसरी सरकारले विना जानकारी हिजो राति क्यान्सिल गरिदियो । अब स्वास लिन पनि अनुमति लिनुपर्ला । प्रहरीले भनिरहेको छ कि, हामीले हिरासतमा लियौँ भनेर । हामीसँग चाहिँ नागरिकता सावित गर्ने कागज मागिएको थियो । प्रहरी भने मलाई हिरासतमा राख्ने कागज देखाउन तयार छैन ।’

कन्हैया भारतको विवादित नागरिकता कानुनको विरोध गर्दै एक महिने विरोध यात्रा गर्ने तयारीमा थिए । उक्त यात्रामा ५० वटा आमसभा गर्ने तालिका थियो । तर भाषणवाजको रुपमा चिनिएका युवा नेता कन्हैया कुमारलाई उक्त विरोध यात्रा गर्नुअघि नै प्रहरीले पक्राउ गरेको हो । कन्हैया कुमारले राजनीतिमा निष्ठा र इमानको पक्षमा वकालत गर्दैआएका छन् । पछिल्लो चुनावमा बिहारबाट पराजय भोगेका उनी एक प्रभावशाली वक्ताको रुपमा चिनिन्छन् ।

अन्नपूर्ण पोष्टबाट

Leave a Reply

Your email address will not be published.