इलामको सन्दकपुर गाउँपालिकामा भदौ ४ गतेसम्म लकडाउन थपियो

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिकाले एक साता लकडाउन थप गरेको छ । गाउँपालिका क्षेत्रमा वडा सदस्य सहित ४ जना कोरोना संक्रमित पाइएपछि आगामी भदौ ४ गते राती १२ बजेसम्म लकडाउन थप गरेको हो । यसअघि गाउँपालिकाले साउन २२ गतेबाट एक साता गाउँपालिका सिल गरेको थियो ।

आज बसेको गाउँपालिका स्तरिय कोरोना भाइरस संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले पञ्चकन्या हाइड्रोसंग सम्बन्धित क्षेत्र वडा नं ४ को माबुको सम्पुर्ण क्षेत्र र वडा नं ३ सुलुबुङको आंशिक्षक क्षेत्र ९साविक गाविसको वडा नं ३ र ७० लाई पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत महेश राईले जानकारी दिए । प्रभावित क्षेत्रमा आवतजावत निषेध गर्ने र संक्रमित व्यक्तिहरुसंग सम्र्पकमा आएका व्यक्तिहरुलाई ट्रेसिङ्ग गरि तुरुन्त पिसिआर टेस्ट गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.