हालसम्मकै उच्च तीन हजार ४३९ जनामा संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघे

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौँ: देशभर हालसम्मकै उच्च तीन हजार ४३९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा तीन हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ५६९ जना र होम आइसोलेसनमा १४ हजार ४११ जना रहेका छन् । आजसम्म देशभर ४ हजार १६४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख १३ हजार ४८५ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २३३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ६८ हजार ६६८ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२।३ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट थप १५ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

मन्त्रालयका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, मुस्ताङ र सोलुखुम्बुमा संक्रमण शून्यमा झरेको छ।सजिलो खबर

Leave a Reply

Your email address will not be published.