इलामको देउमाई नगरपालिकामा उच्च सतर्कता , हाटबजार बन्द

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

फिक्कल: इलामको देउमाई नगरपालिकामा कोरोनाको संक्रमण फैलन सक्ने भएपछि नगर क्षेत्रमा उच्च सतर्कता अपनाईएको छ । इलाम जिल्लाका बिभिन्न भागमा संक्रमितको संख्या बढ्न थालेपछि देउमाई नगरपालिका कोभिड १९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले नगरमा उच्च सुरक्षा अपनाउने निर्णय गरेको हो ।
समितिले अत्यावश्यक काम बाहेक घरबाहिर हिड्डुल नर्गन, हाटबजार , मेला महोत्सव , बिहे भोज नर्गन भनेको छ । नगरले कार्यालय, बैङ, बितिय संस्थामा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनेको छ । समितिले खाद्यान्न, ग्यास , दुध डेरी , फलफुल , निर्माण ब्यवसाय र औषधी पसल बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । नगरले शैलुन होटल ब्यवसाय तत्कालका लागि सबै बन्द गर्ने निर्णय गरेको छ ।
नगरमा आज बिहान ५ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन समेत संचालनमा रोक लगाईएको छ । हाईवे बाहेकका क्षेत्रमा ३१ ग्ते सम्म सवारी चल्न दिईने छैन । अन्यत्रबाट आउने र जाने सवारीलाई रोक्न र यात्रु चढाउन ओराल्न समेत रोक लगाईएको छ । नगर प्रमुख सूर्य पोखरेलले समस्या आउनु भन्दा पहिला नै सचेतता अपनाईएको जानकारी दिनु भएको छ ।
यस्तै इलाम नगरपालिकाको बजार क्षेत्र केहि दिनका लागि निशेषाज्ञा जारी गरिएको छ । रोङ, माई र माईजोगमाईले समेत हाटबजार बन्द गर्ने निर्णय गरीसकेका छन । अति आवश्यक बाहेकका सेवा सबै तिर ठप्प बन्दै गएका छन ।

Leave a Reply

Your email address will not be published.