इलामको सूर्योदय नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली ज्ञानविज्ञान प्रदेश नं. १ सूचना प्रविधि


फिक्कल: इलामको सूर्योदय नगरपालिकामा अग्नि नियन्त्रण तथा उद्धार तालिम शुक्रबारबाट शुरु भएको छ । आगालगि हुँदा सहज रुपमा नियन्त्रणमा कर्मचारीलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको तालिम आउदो ७ गते सम्म संचालन हुँने छ
नगरपालिकाले आयोजना गरेका तालिममा नगरका अग्नि नियन्त्रक, नगर प्रहरी, कर्मचारी र प्रहरीको सहभागीता रहेको छ । नगर प्रमुख रणबहादुर राईले तालिमको उद्घाटन गर्दे अत्यन्तै संवेदनशिल बिषयको तालिम भएकाले सिकेर बिपतको समयमा ब्यवहारमा परिणत गर्न तालिमका सहभागीलाई आग्रह गर्नु भयो ।
तालिम उद्घाटन कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेल , आर्थिक समिति संयोजक देवेन्द्र शर्मा, बिओपी पशुपतिनगरका इन्सपेक्टर नविन खतिवडा, शसस्त्र प्रहरी आईतबारे बेस क्याम्पका इन्सपेक्टर बिश्वराज पोख्रेल लगायतको सहभागीता रहेको थियो । म्याप इन्टरपेनीयर काडमाण्डौले संचालन गरेको तालिममा जुद्ध बारुणयन्त्रका पूर्व प्रमुख किसोर भट्टराई र मनोज पुरीले सहजीकरण गरीरहनु भएको छ । नगरले केहि दिन अघि मात्र नयाँ बारुणयन्त्र खरीद गरेको थियो ।

Leave a Reply

Your email address will not be published.