इलामको सूर्योदय नगरपालिकाको मत परिणाम ‘डिजिटल डिस्प्लेमा’

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ सूचना प्रविधि

फिक्कल: इलामको सूर्योदय नगरपालिका प्रविधिमा फड्को मारेको नगरपालिका भित्र पर्दछ । नगरको प्रविधिमैत्री अभियानले सार्थकता समेत पाउदै गएको छ । नगरका हरेक कामलाई पछिल्लो समय प्रविधिमैत्री बनाउदै लगिएको छ । यसै शिलसिलामा स्थानीय तह निर्वाचनको मत परिणाम समेत सूर्योदय नगरपालिकामा डिजिटल डिस्प्ले बोर्ड मार्फत सार्वजनिक गरिदै आएको छ ।
मतगणना भैरहदा नगरमा दलका कार्यकर्ताको भिड समेत हुँने भएपछि नगरपालिकाले डिजिटल डिस्प्ले बोर्ड मार्फत नतिजा सार्वजनिक गरिएको नगरका सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले जानकारी दिनु भयो । उहाले भन्नु भयो‘मतपरिणामा सुन्न पर्खी रहनु परेन, डिस्प्लेमा जतिबेला हेरेपनि हुँने बनाएका छौ ।’ निर्वाचान सम्पन्न गराउन आएका कर्मचारी संगको समन्वयमा नगरपालिकाले डिजिटल डिस्प्लेको प्रयोग गरेर मतपरिणाम सार्वजनिक गरीरहेको छ । निर्वाचन अधिकृतको कार्यालयले मत परिणाम सार्वजनिक गर्ने साथ नगरले डिस्प्लेमा सावृजनिक गर्दै आएको छ । जतिबेला आए पनि हेर्न मिल्ने भएपछि स्थानीयलाई समेत सहज भएको छ । इलामका १० पालिका मध्ये यसरी मत सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । सूर्योदय नगरपालिकाका १४ वडा मध्ये १० वटाको गणना सम्पन्न भएको छ भने अवको दुई दिनमा सबै नजिता सार्वजनिक हुँने निर्वाचन अधिकृत लोक बहादुर हमालले जानकारी दिनु भयो ।
सूर्योदय नगरपालिकाले यस अघि देखि नै नगरको गेटमा समेत डिजिटल डिस्प्लेमा नगरको वडापत्र सार्वजनिक गर्दै आएको छ । नगरलाई प्रविधिमैत्री बनाउनका लागि नगरका सवारी साधनमा जिपिएस जडान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईका अनुसार अव बिभिन्न सिफारिस समेत अनलाईनबाटै लिईने छ । उहाका अनुसार आगामी आर्थिक बर्षको शुरुबाट नगरबाट हुँने भुक्तानी समेत इ पेमेन्ट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *