रोङ गाउँपालिकामा आजबाट राष्ट्रपति कप शुरु हुँदै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रदेश नं. १

गोबिन्द पौडेल: बाल प्रतिभाको बिकास गर्न हरेक बर्ष हुदै आएको राष्टपति कप खेलकुद प्रतियोगिता रोङ गाउँपालिकामा आज देखी हुँदै छ ।
बिगतका बर्षहरुमा फागुन चैत्र महिनामा हुदै आएको अन्तरबिद्यालय प्रतियोगितात्मक खेलकुद यो २०७८ मा कोभिड प्रकोप र स्थानिय चुनावको कारण निर्धारित समयमा हुन नसकेपनि गाउँपालिकामा भने जेठ २७ र २८ गते गरिने भएको हो ।
कुटिडाँडा स्थित शान्ति निकेतन माध्यामिक बिद्यालयको खेल मैदानमा हुने प्रतियोगितामा बिभिन्न नौ वटा माध्यामिक बिद्यालयका १२ देखी १८ बर्षसम्मका बालबालिकाहरुले एथलेटिक्स ,भलिवल ,कपर्डि लगायतका बिधामा खेल्न पाउने छन् ।खेलमा उत्कृष्ट हुने खेलाडिहरुले मेडल प्रमाणपत्र तथा उत्कृष्ट बिद्यालयले शिल्ड समेत पाउने र छनौट भईका खेलाडिहरु आगामि जिल्ला स्तरिय छनौट प्रतियोगितामा सहभागि हुन पाउने खेल आयोजक समितिमा सचिव समेत रहेका शान्ति निकेतन नमुना मा बि का प्रधानाध्यापक हेमन्त आचार्यले बताए ।आचार्यकानुसार खेल प्रतियोगिताको सबै तयारी पुरा भईसकेको छ ।

Leave a Reply

Your email address will not be published.