माईभ्याली गोल्डकपः आज त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय झापा भिड्दै

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद समाज


इलामः
इलाममा जारी पाँचौं संस्करणको माईभ्याली गोल्डकप फूटबल प्रतियोगिता अन्र्तगत आज अन्तिम क्वार्टरफाइलनमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र मेची नेत्रालय झापा भिड्दै छन् । खेल दिउसो ३ बजे पछि इलामको ठूलो टुडीखेलमा हुँने छ ।
यसअघि बिहीबार भएको खेलमा एपिएफ क्लबलाई ३–१ गोलको सहज जित दर्ता गर्दै विदेशी टिम दाउफिन्स क्लब क्यामरुन सेमीफाइनल प्रवेश गरिसकेको छ । यस अघि नै नेपाल प्रहरी र हिमालयन शेर्पा क्लव सेमी फाईनलमा प्रवेश गरिसकेका छन ।
चैत ५ सम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरि १० टिमको सहभागिता छ  । माइभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
२०७१ सालमा सुरु माईभ्याली गोल्डकप पुरस्कार र धनराशिका हिसाबले पूर्वी पहाडकै प्रतिष्ठित प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published.