कोरोनाबाट बच्ने उपाय

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रमोसन रोचक विचार स्वास्थ्य/शिक्षा

तिलक कार्की:


साधारण रुघाखोकी लाग्ने वित्तिकै अहिले मानिसको होस उड्न थालेको छ । कतै कोरोना संक्रमण त भएन ? भन्ने आज हरेक मानिसको मानसपटलमा बसेको छ । नोबेल कोरोना भाईरस कोभिड–१९ को संक्रमणले आज विश्व आतङ्ति बनेको छ ।
साधारण रुघाखोकी लाग्दैमा, नाकबाट पातलो सिंगान बग्दैमा आत्तिनु पर्दैन । कोरोना भाइरसको संक्रमणका प्रमुख लक्षणहरु उच्च ज्वरो (१०२० फरेन्हाइट), श्वासप्रश्वासमा कठिनाई, रातको समयमा सुख्खा खोकी लाग्नु र थकान हुनु हुन् । यदि यस्ता लक्षणहरु देखिएका छन् भने तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क राख्नु पर्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा यसको असर खतरापूर्ण साबित हुन्छ र मृत्युसम्म हुन सक्छ ।
यसर्थमा कोरोना संक्रमणलाई हल्का लिने भूल कदापि गर्नुहन्न । विश्वमा आजसम्म ७४,६७९ जना कोरोना संक्रमणका कारण मृत्युको मुखमा पुगि सकेका छन् भने १३ लाख भन्दा धेरैलाई यसको संक्रमण भई सकेको छ । २,७६,६३६ जना(श्रोतः विकिपेडिया) को सफल उपचार पछि कोरोना मुक्त भएका छन् ।
यसर्थमा कोरोना संक्रमणबाट ज्यानै जाने खतरा भने छैन ।नेपालको सन्दर्भमा कुल ९ जना ंसंक्रमण भएको र १ जनाको सफल उपचार भएको छ । धैरै उमेर, कमजोर स्वास्थ्य अवस्था र समयमै संक्रमणको पहिचान हुन नसकेका कारण मानिसहरु मृत्युको सिकार हुन पुगेका हुन् । नेपाल सरकारले सातै प्रदेशमा यसको परीक्षण सुरु गरेको छ । साथै मोबाइल बाट नै एप्लिकेशन डाउनलोड गरेर पनि कोरोना संक्रमणको जानकारी दिन सकिने छ ।
विश्वका धनी राष्ट्रहरुले पनि कोरोनासँग लड्न सकेका छैनन् जसको परिणाम हजारौंको मृत्यु भइसको छ । १९ डिसेम्बर, २०१९ मा चीनको वुहानबाट उत्पति भएको नोबेल कोरोना भाइरस संयुक्त राज्य अमेरिका, इटली, स्पेन, जर्मनी, इंग्ल्याण्ड जस्ता शक्तिशाली राष्ट्रलाई नै चुनौती बनेको छ ।
यसबाट नेपाल र नेपालीहरुले लिनुपर्ने शिक्षा भनेको कोरोना भाइरसलाई फैलिन नदिनु हो । संक्रमण हुनबाट जोगिनु नै कोरोनाबाट बच्ने अचुक उपाय हो । हालसम्म नेपालमा विदेशबाट आएका मानिसहरुमा यसको संक्रमण देखिएको कारण त्यस्ता मानिससँग सम्पर्क भएको भए तुरुन्त अस्पतालमा सम्पर्क गर्नुपर्छ ।
यो भाइरस एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले नेपाल सरकारले आवहान गरको लकडाउनलाई पालना गरे खतरा मुक्त हने कुरामा दुइमत छैन । अति आवश्यक काम वाहेक घरबाट बाहिर ननिस्कने र निस्किनै परे मास्कको प्रयोग गर्नुपर्छ । मानिस मानिस बीचमा कम्तीमा तीन फुटको दुरी राख्नुपर्छ । सामग्री किनमेल गर्दा पन्जाको प्रयोग गर्नुपर्छ ।
खोक्दा वा हाछ्यूं गर्दा हातले मुख छोप्नुपर्छ । वाहिरबाट आएपछि कपडा फेर्ने र राम्ररी नुहाउने गर्नुपर्छ । प्रत्येक घण्टा साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचेर हात धुने र उपयुक्त स्यानीटाइजरको प्रयोग गरी हातलाई सफा गर्नुपर्छ । घर वरपर र घरमा डिटोल, स्पिरिट वा लाइजोल सोलुसन छर्कनुपर्छ । बाहिरबाट ल्याएको सामग्रीलाई स्यानिटाइज गरेरमात्र प्रयोग गर्नुपर्छ । सागसब्जी तथा खाद्यसामग्रीलाई तातो पानीमा धुनुका साथै राम्ररी पकाएर मात्र खानुपर्छ ।
आफूलाई कोरोना संक्रमणको सङ्का लागेमा अलगै बस्नुपर्छ र तुरुन्तै स्वास्थ्य चोकी वा अस्पतालमा सम्पर्क गर्नुपर्छ । हात मिलाउने वा अङकमाल गर्नु भन्दा नमस्कार गरेर आदर गर्नुपर्छ । सामान किन्दा सकेसम्म पैसाको प्रयोग भन्दा ए.टि.एम वा मोबाइलको प्रयोग गर्नुपर्छ ।
कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले प्रतिकुल असर गर्ने भएकाले रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने खानेकुरा खानुपर्छ । भिटामिन पाइने सागसब्जी, घरमा प्रयोग गरिने बेसार, ज्वानो, मेथी जस्ता मरमसलाको सेवन फाइदाकारी हुन्छ ।
जाडरक्सी र धुम्रपानले हाम्रो शरीरको प्रतिरोधात्मक क्षमता क्षीण गर्ने भएकाले यस्तो कुराबाट अलग बस्नुपर्छ । मिठो भन्दा स्वस्थ खानालाई जोड दिनुपर्छ । पानी प्रस्सत पिउनुपर्छ । तातो तरल पदार्थको प्रयोग पनि फाइदाकारी हन्छ । सभ्य र सचेल नागरीक बनी स्वस्थ जीवन जीउनु कोरोनाबाट बच्नु हो । सतहमा लामो समयसम्म बाच्ने र मानिसबाट मानिसमा सर्ने भएकाले यसले महामारीको रुप लिइएको छ ।
मानवीय दूरी र सरसफाइ नै यसबाट बच्ने प्रमुख उपाय हो । लकडाउनको पालना गर्ने र मानसिक रुपमा स्वस्थ हुन उपलब्धीमुलक काम गर्नुपर्छ । आफूँले जानेका बुझेका सही कुरा नजीकका र सम्पर्कमा आउने मानिसलाई प्रचार गरी यस महामारीमा मानवीय धर्म पूरा गर्नुपर्छ । कोरानालाई हाम्रो घर दैलो सम्म आउन नदिनु नै यसबाट बच्ने असल र प्रभावकारी उपाय हो । अनआवश्यक हल्लको पछि नलागी सहि जानकारीको अवलम्वन गर्नुपर्छ ।कोरोनाबाट आफूँ पनि बचौं र अरुलाईपनि बचाउँ ।।

Leave a Reply

Your email address will not be published.