नेपालमा चिया खेतीको इतिहास !

  • 35
    Shares
नेपालमा चिया खेतीको इतिहास !

नेपालमा चियाखेतीको इतिहास निकै पुरानै छ । नेपालमा चिया खेती हुन थालेको डेढ शताव्दी भइसकेको छ । वि।सं। १९२० मा कर्णेल गजराज सिंह थापाले चीनबाट उपहारस्वरुप प्राप्त भएको चियाको विरुवा इलामा रोपेपछि नेपालमा नेपालमा चियाखेतीको सुरुवात भएको हो । कर्णेल थापा जंगबहादुर राणाका ज्वाई हुन् । थापाले जंगबहादुरकी जेठी छोरी वदनकुमारीसँग विहे गरेका थिए । चिनिया सम्राटबाट उपहारमा प्राप्त भएको चियाको विरुवा जंगबहादुरको आदेश इलामका तत्कालिन बडाहाकिम तथा कर्णेल गजराजलाई भएपछि नेपालमा चिया खेतीको औपचारिक सुरुवात भएको देखिन्छ ।

थापाले वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको २ वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेती विस्तार हुँदै गयो । यही समय भारतको दार्जिलिङमा पनि चिया खेती प्रारम्भ भइसकेको थियो । भारतमा चिया खेती फस्टाइरहँदा नेपालमा भने जहाँनिया राणा शासनका अगाडि चिया खेती फस्टाउन पाएन । तर त्यही समय दार्जिलिङको चिया खेतीले भने व्यापकता पाउँदै गयो र ब्राण्ड नै स्थापित गर्यो ।

वि.सं.२००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै नेपालमा चिया खेतीका लागि वातावरण बन्दै गयो । वि।सं। २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा नीजि स्तरमा पहिलो चिया बगान स्थापना गरियो । त्यसैगरि सरकारी स्तरमा वि।सं। २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरुवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरुमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । तर २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलियो ।

वि।सं। २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै वि।सं। २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला ९झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम०लाई चियाक्षेत्र घोषणा गर्यो । चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि।सं।२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।

चियाखेतीको वर्तमान अवस्था
२०५७ सालमा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवद्र्धनमा लागि बनाएको चिया तथा कफि विकास बोर्ड राजनीतिक दलका कार्यकर्ता भर्ति केन्द्र जस्तो मात्रै बनेको छ । चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकेको छैन । विश्ब बजारमा ४ करोड किलोग्रामभन्दा बढि चियाको माग छ । करिब ९० लाख किलोग्राम चिया दार्जिलिंगले उत्पादन गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलाग्राम मात्रै उत्पादन हुने गरेको आंकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भएपनि नेपालले चिया खेतीबाट खासै लाभ लिन सकेको छैन । हलोखबर