कोरोना भन्दा खतरनाक मनको डर

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रमोसन राजनीति रोचक स्वास्थ्य/शिक्षा


कोरोना लागे-लागे जस्तो हुन्छ ?

काठमाडौं : गत आइतबार पाटन मानसिक अस्पतालमा पुगेका एक अधवैंशेको गुनासो थियो( मलाई कोरोना भएको छ, तर डाक्टरले केही भएको छैन भनेर त्यसै घर पठायो । चार वटा अस्पतालमा चेकअप गर्दा पनि कसैले कोरोनाको लक्षण छ नभनेपछि उनले यस्तो गुनासो गरेका थिए ।

लगातार मलाई पक्कै कोरोना लागेको छ भन्न थालेपछि परिवारका सदस्यले उनलाई अस्पताल पुर्‍याएका थिए । मनोचिकित्सकले तपाईँलाई के भएको छ भनेर सोध्दा उनले कोरोनाको भएभरको लक्षण आफूमा भएको दाबी गरेका थिए । ती चिकित्सकका अनुसार उनको शारीरिक अवस्था भने सामान्य छ ।

त्यसो भए ती अधवैंशेलाई भएको चाहिँ के हो त ? ‘घबराहतको आक्रमण’ ती मनोचिकित्सक भन्छन् । उनका अनुसार विश्वव्यापी महामारी बनेको नोवल कोरोना ९कोभिड(१९० भाइरसका कारण केही व्यक्तिमा मानसिक समस्या देखिन थालेको छ । पछिल्लो हप्ता ११ जनालाई परामर्श दिएर पठाएको उनले अनलाइनखबरलाई जानकारी दिए ।

कोरोना रोकथाम र नियन्त्रणका लागि भइरहेका लकडाउन, सचेतनाका लागि गरिएको प्रचार प्रसारले कतिपयमा नकारात्मक प्रभाव देखिएको हो । मान्छेहरू कोरोनाबाट कति भयभित छन् भन्ने उदाहरण भारतमा यसअघि नै देखिइसकेको छ ।

गत हप्ता कोरोनाको आशंकामा क्वारेन्टाइनमा राखिएका ३५ वर्षीय एक युवकले आत्महत्या गरे । अष्ट्रेलियाको सिड्नीबाट आएका ती युवकले कोरोनाको रिर्पोट नआउँदै आत्महत्या गरेका थिए ।

थरीथरीका चिन्ता

कोरानाले बढाएको बेचैनीलाई ध्यानमा राखेर मनोचिकित्सकहरूले विभिन्न माध्यमबाट मनोपरामर्श दिइरहेका छन् । सामान्य अवस्थामा अनौठो लाग्ने जिज्ञाशाहरू प्राप्त भएको सम्बद्धहरू बताउँछन् ।

लकडाउन कोरोना नियन्त्रणको सही समाधान हो की होइन, कमाल काट्ने ब्लेडबाट कोरोना सर्छ कि सर्दैन, एक दिनमै रुघाखोकी लागेपछि मरिन्छ की मरिदैन, नेपालमा कोरोनाले थुप्रै मान्छे मरिसकेका छन् रे, ममा कोरोनाका लक्षण देखिइसकेको छ, अब संसार नै ध्वस्त हुन्छ जस्ता जिज्ञासा र टिप्पणी आउने गरेको मनोचिकित्सकहरू बताउँछन् । मनोपरामर्शका लागि कल गर्नेहरू काठमाडौं भन्दा काठमाडौं बाहिरका धेरै छन् ।

नेपाल चिकित्सक संघले कोभिड(१९ को बारेमा सिधै परामर्शका लागि नम्बर सार्वजनिक गरेका मध्येका एक मानसिक रोग विशेषज्ञ डा। रितेश थापा पनि दैनिक १७(१८ जनालाई परामर्श दिइरहेको बताउँछन् । महामारीका बेला केही चिन्ता हुनुलाई सामान्य रुपमा लिनुपर्ने उनको बुझाई छ ।

‘कोरोनामा मात्रै होइन कुनै पनि माहामारीका बेला अलिअलि डर, चिन्ता हुनु, निन्द्रा नलाग्नु सामान्य हो’ डा। थापा भन्छन्, ‘यो महामारी आवधीक समस्या हो, सतर्कता अपनाउनुस् अनावश्यक चिन्ता चाहिँ लिँदैन नलिनुस् ।’

कोरोना लागे(लागे जस्तो हुन्छ ?

कोरोनाले गर्दा डर चिन्ता, रोग चिन्ता, बेचैनी, अत्यास, डिप्रेसन, तीव्र तनाव विकार, मनोग्रसित बाध्यता विकार जस्ता समस्या बढेको देखिन्छ । मनोचिकित्सक गोपाल ढकाल रोग चिन्ताले गर्दा शरीर तातो हुने, टाउको दुखे जस्तो लाग्ने र खोकी लागे(लागे जस्तो हुने बताउँछन् ।

मौसम परिवर्तनका कारण लाग्ने नियमित रुघाखोकीलाई पनि कोरोना भए जस्तो लाग्ने, कहिले काहिँ खोकी नै नलाग्दा पनि त्रासले खोकी लागे जस्तो हुने मनोचिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार पहिलादेखि नै मानसिक समस्या भएका, संवेदनशील र कमलो मन भएकाहरूमा यस्तो समस्या देखिन सक्दछ ।

कोरोनाको विषयमा थाहै नभएको व्यक्तिमा मलाई कोरोना लाग्यो की भन्नै शंका हुँदैन । कोरोना लागे(लागे जस्तो हुनुको कारण वनको बाघले नखाँदै मनको बाघले खानु भने जस्तै हो । मनोविद् डा। विश्वबन्धु शर्मा भन्छन्, ‘विश्वभरी फैलिएको कोरोनाबाट जोगिन सावधानी र सतर्कता अपनाउनु सही हो तर तनाव लिनु भने सरासर गलत हो ।’

कोरानालाई स्वीकार्नुस्

२०७२ को विनासकारी भूकम्पले मानसिक स्वास्थ्यमा ठूलो असर परेको थियो । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०ले २०३० सम्ममा प्रत्येक तीन मध्ये एक जनामा मानसिक समस्या देखिने प्रक्षेपण गरेको थियो । तर कोरोना माहामारीले गर्दा २०२० को अन्त्यसम्ममै एक तिहाई मान्छेमा मानसिक समस्या देखिन सक्ने एक मनोचिकित्सकको विश्लेषण छ ।

‘यद्यपि कोरोनाबाट आत्तिनु वा त्रसित हुनुपर्ने कुनै कारण छैन’ मनोविश्लेषक वासु आचार्य भन्छन्, ‘कोरोनालाई स्विकार्नुस्, लागी हाले पनि सामना गर्नसक्छु भन्ने आत्मविश्वास बढाउनुस् ।’

डब्लुएचओले कोरोना संक्रमित मध्ये ३।४ प्रतिशतको मृत्यु हुने अनुमान गरेको छ । अर्थात् संक्रमित मध्ये ९६ प्रतिशतभन्दा बढीको बाँच्न सफल हुन्छन् ।

विगतमा डब्लएचओले जनस्वाथ्य संकट घोषणा गरेका कतिपय रोगको मृत्युदर कोरोनाको भन्दा बढी थियो । जस्तो इबोला संक्रमितको मृत्युदर ३४ प्रतिशत र सार्सको मृत्युदर ९।६ प्रतिशत थियो ।

लकडाउन घोषणालाई कतिपयले भयवह भइसकेपछि गरिएको निर्णय ठाने । तर यो रोकथाम र नियन्त्रणका लागि गरिएको प्रयास हो । मनोविश्लेषक आचार्य भन्छन्, ‘अब संक्रमितको पहिचान हुन्छ, लकडाउन गरेकाले संक्रमण नियन्त्रणमा पनि मद्दत पुग्छ ।’

व्यक्तिगत समस्या नठान्नुस्

विश्वका १९५ देशका दुई लाख ८० हजार भन्दा बढीमा देखिएको कोरोनाका कारण मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । तर कतिपयमा संसारमा आफूलाई मात्रै कोरोनाले प्रभावित पारेको भ्रम देखिन्छ ।

‘विश्व महामारीले असर पुर्‍याउने आफू एक्लो व्यक्ति हो भन्ने हिसाबले सोच्नु भएन’ मनोपरामर्शदाता आचार्य भन्छन्, ‘कोरोनालाई स्विकारेर सावधानी अपनाए यसलाई हराउन गर्न सकिन्छ भन्ने हिम्मत् राख्नुस् ।’

एन्जाइटी, ट्रमा, एसिडी हुनेहरूमा चिन्ता बढ्न सक्ने जानकारहरू बताउँछन् । व्यापार, व्यावसाय, रोजगारी, धनसम्पत्तिमा पुग्ने क्षति सम्झेर तनाव लिनेहरू पनि देखिन्छ । आचार्यको बुझाईमा यो आफैलाई हानी पुर्‍याउने विचार बाहेक केही होइन । सोच्ने तरिकामा परिवर्तन गर्नसक्ने हो भने तनावलाई अवसरमा बदल्न सकिन्छ ।

‘लकडाउन अवसर हो’

अधिक भागदौडपूर्ण जीवनशैली गर्दा परिवारलाई पर्याप्त समय दिनेहरू संख्या घट्दै गएको छ । सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन जस्ता कार्यक्रमलाई परिवारसँग समय बिताउने अवसर बनाउन सकिन्छ ।

एसईई लगायतका विद्यार्थीले परीक्षा सरेकोमा चिन्ता लिनुभन्दा परीक्षालाई अझै राम्रो बनाउने मौकाको रुपमा लिनसक्ने जानकारहरू बताउँछन् । फेसबुक, ट्विटर, युट्युब, अनलाइन, पत्रपत्रिका, रेडियो, टेलिभिजन, कुराकानी सबै तीर कोरोनाबारे मात्रै चर्चा हुँदा संसारमा कोरोना बाहेक केही छैन भन्ने लाग्न सक्छ । मनोचिकित्सक ढकाल भन्छन्, ‘सबैलाई रातदिन कोरोनाबारे अपडेट भइराख्नुपर्छ भन्ने छैन ।’

भ्रामक सूचनाबाट टाढा रहनु पनि तनावरहित हुने एउटा उपाय हो । ‘आधिकारिक सञ्चार माध्ययमले थाहा नपाएको कुरा टुक्रे सञ्चार माध्ययमले थाहा पाउने सम्भावनै छैन, त्यसैले विश्वसनीय सञ्चारमाध्यम मात्रै हेर्दा पनि अनावश्यक तनाव हुँदैन्’ मनोविश्लेषक आचार्य भन्छन्, ‘परामर्श नभइ नहुने अवस्था आयो भने त हामी छँदैछौ ।’अनलाईन खबरबाट साभार

मनोपरामर्शका लागि सम्पर्क

मनोविश्लेषक वासु आचार्य ९८५११७७३२०

मानसिक रोग विशेषज्ञ रितेश थापा ९८४१५५६४१२

Leave a Reply

Your email address will not be published.