प्रदेश १ मा ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

विराटनगर: प्रदेश १ मा बिहीबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा एकै दिन ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १–१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, ते¥हथुमको म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ । प्रदेश १ बाट बिहीबार ६० जना डिस्चार्ज भएका छन् । मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट १८, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आइसोलेसनबाट ११, कालि सदन आइसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आइसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आइसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आइसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ । प्रदेश १ मा बिहीबार १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published.