सङ्कटमा मिर्गौला रोगी

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

काठमाडौँ: कोरोना भाइरस ९कोभिड–१९० ले मिर्गौला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गौला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा। प्रेमराज ज्ञवालीले मिर्गौला ‘फेल’ भई डाइलासिस गराइरहेका व्यक्ति आर्थिक लगायत अन्य समस्यामा त थिए नै कोरानाका कारण झन् समस्या रहेको जानकारी दिए । उनले धर्मभक्त प्रत्यारोपण केन्द्र देशकै एक मात्र प्रत्यारोपण केन्द्र भएकाले चार सिफ्टमा डाइलासिस गरिरहेको जानकारी दिए । उनले बन्दाबन्दीको बीचमा ९० देखि सय जनाको मिर्गौला डाइलासिस भइरहेको बताए ।

श्रीमान् मिर्गौला रोगी भए श्रीमती र श्रीमती रोगी भए श्रीमान्ले कमाएर उसको उपचार र अन्य खर्च जोहो गर्न नसक्दा धेरै बिरामीलाई समस्या भएको छ ।
बन्दाबन्दीले धेरैको रोजगार गुम्दा मिर्गौला डाइलासिस गराइरहने बिरामी र प्रत्यारोपणको पर्खाइमा रहेका बिरामी तथा प्रत्यारोपण गराइसकेका व्यक्ति त्यसको शिकार बन्न पुगेका छन् । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्रमा मिर्गौला डाइलासिस गर्दै आएका सिन्धुपाल्चोकका मिलन श्रेष्ठको अवस्था अहिले धेरै नाजुक छ । छ वर्षअघि मिर्गौला फेल भएपछि उनको नियमित डाइलासिस गराउन थालिएको थियो । उनकी श्रीमती मुना राईले कनिकुथी गरेर डाइलासिस गर्दा लाग्ने खर्च तथा घरमा खानेकुराको व्यवस्था गर्थिन् ।

तर कोरोनाको कारण उनले अहिले रोजगारी गुमाउनुपरेको छ । उनी भक्तपुरको एक कारखानामा गलैँचा बुन्ने काम गर्थिन् । नियमित काम गर्दा १५ हजार रुपियाँ आउने गर्दथ्यो । त्यहीले गुजारा र श्रीमान्को डाइलासिसमा लाग्ने खर्च धान्दै आएकी राईलाई अहिले त्यो खर्च धान्न धेरै मुस्किल परिरहेको छ ।

गलैँचा बुन्ने काम पनि छैन, काम पाइहाले पनि श्रीमान्लाई हप्तामा तीन पटकसम्म डाइलासिसको लागि अस्पताल पु¥याउनुपर्ने हुन्छ । राईले श्रीमान्लाई डाइलासिस गराउँदा हप्तामा तीन दिन अस्पतालमै बित्ने गरेको गुनासो गरिन् । महिनाभरी मरीमरी गलैँचा बुने मात्र १५ हजार रुपियाँ हुने भन्दै श्रीमान्लाई अस्पताल ल्याउँदा लैजाँदा गलैँचा बुन्ने काम गर्न नपाएको बताइन् । ‘श्रीमान् काम गर्न सक्नुहुन्न,’ राईले थपिन्, “साथीभाइ र आफन्तसँग सरसापट मागेर खर्च चलाइरहेको छु । काम पनि छैन । अहिले अरूसँग लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । ”

मिर्गौला रोगी परिवारलाई राज्यले रोजगार दिनसके उपचारमा सहज हुने उनको भनाइ छ । मिर्गौला डाइलासिस निःशुल्क भए पनि उसले नियमित लगाउनुपर्ने सुई, प्रोटिन, क्याल्सियम जस्ता औषधि भने किन्नुपर्ने हुन्छ । शरीरमा आवश्यक मात्रामा खाद्यान्न, रगतको मात्रा पुगेन भने कठिन हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.