कोरोना भाइरस ५७ देशमा फैलियो तीन हजारको मृत्यु

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय घुमफीर जीवन शैली प्रदेश नं. १ प्रवास

काठमाडौं : महामारीकै रुपमा फैलिएको कोरोना भाइरसले कम्तीमा तीन हजार जनाको ज्यान गइसकेको छ । तीमध्ये अधिकांश चिनियाँ नागरिक हुन् । चीनको वुहानबाट फैलिएको कोरोनाले विश्व नै आत्तिएको छ ।

यसबाट बच्नका लागि विभिन्न उपायहरु अपनाइएका छन् । यद्यपि अमेरिकामा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ ।स्थानीय स्वास्थ्य अधिकारीले शनिबार वाशिङ्टनको किङ्ग्स काउन्टीमा ५० वर्षीय एक व्यक्तिको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनी कुनै पनि संवेदनशिल क्षेत्रको भ्रमणसमेत नगरेका व्यक्ति भएको बीबीसीले लेखेको छ । कोरानाले अहिलेसम्म ५७ देशमा आक्रमण गरिसकेको छ । ८५ हजार भन्दा बढीलाई संक्रमण देखिइसकेको छ ।

नेपालमा आधिकारिक रुपले एक जनामात्र संक्रमित भेटिए पनि कयौं संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ । हाम्रा कुरा

Leave a Reply

Your email address will not be published.