टीका खतिवडा इलाम ३ भदौ : आगामी असोजमा इलाम सदरमुकाममा इलाम साहित्य महोत्सव हुने भएको छ । इलाम भर्खरै स्थापना भएको इलाम साहित्य समाजले असोज ३ र ४ गते सो महोत्सव गर्ने भएको हो । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर महोत्सव गर्न लागिएको समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले वताउनुभयो । इलाम सदरमुकाममा आज पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी गराइएको हो ।
महोत्सवमा नेपालका चर्चित लेखक, साहित्यकार, कलाकार, अभिनेत्रीलाई भित्रियाइने लक्ष राखिएको छ ।
कार्यक्रम अन्तर्गत साहित्यसँगै जिल्लाका पर्यटक भित्रियाउनका लागि पहल गरिने छ । कार्यक्रमका राजनितिक कर्मी योगेश भट्टराई, प्रदिप गिरी, बिश्वप्रकाश शर्मा लगायतका राजनितिक कर्मीलाई समेत बक्ताको रुपमा ल्याइने भएको छ ।
दुईदिनका अवधिमा देश विदेशमा भएका साहित्यकारहरुलाई नेपाल ल्याउनकालागि पहल भइरहेको समाजका सचिव रोशन राइले वताउनुभयो । उहाँका अनुसार लेखक र साहित्यकार मात्र दुइ सय वढि इलाम भित्रियाउने लक्ष राखिएको छ ।
कार्यक्रम सम्पन्न गर्न २५ लाख खर्चहुने अनुमान गरिएको समाजका कोषाध्यक्ष सुरेन्द्र राइले वताउनुभयो । स्थानय तह, नेपाल पर्यटनबोर्ड र प्रायोजकको खोजी भइरहेको कोषाध्यक्ष राइले जानकारी दिनुभयो ।
साहित्यसँगै इलामको पर्यटन प्रवद्र्धनमा यस महोत्सव फलदायि बन्ने भएकाले त्यसपछि इलाममा अझ वढि पर्यटक भित्रिने वताइएको छ । इलाम आएका अतिथीहरुले जिल्लाका पर्यटकिय क्षेत्रमा जान चाहे सवारीको ब्यवस्थापन गरेर पठाउन सकिने आयोजकले जानकारी दिएको छ ।
महोत्सव सफल बनाउन बिभिन्न उपसमिति निर्माण निर्माण गरिने, प्रचारप्रसारलाई जोड दिइने छ । जिल्लामा २०६८ साल यता यस्तो कार्यक्रम नभएको सल्लाहाकार बिमल वैद्यले वताउनुभयो ।