संकटालाई हराउदै माईभ्याली गोल्डकपको सेमीफाईनलमा आर्मी

Breaking News Hot News Mukya Samachar Special News Trending खेलकुद घुमफीर जीवन शैली प्रमोसन

इलाम: इलाममा जारी माईभ्याली गोल्डकपको सेमी फाईनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । लिग उपबिजेता त्रिभुवन आर्मीले आईतबार इलामको ठूलो टुडीखेलमा सम्पन्न क्वाटर फाईनल खेलमा संकटा क्लबलाई २ –१ गोल अन्तरले पराजित गर्दै सेमी फाईनल प्रवेश गरेको हो ।

त्रिभुवन आर्मीका २८ नम्बर खेलाडी सुडिल राईले खेल शुरु भएको ७ औं मिनेटमा पहिलो गोल गर्दै खाता खोलेका थिए । दुबै तर्फको प्रतिष्पर्धात्मक खेलको ७२ औं मिनेटमा त्रिभुवन आर्मीकै सुडिल राईले दोस्रो थपेका थिए । खेलको ४१ औं मिनेटमा संकटाका २५ नम्बर खेलाडी डेडी बम्बाले एक मात्र सान्तवना गोल फर्काएका थिए । आर्मीले अव फाईनलमा पुग्नका लागि आयोजक माईभ्याली र मोहम्मडन कोलकोक्ता बिचको बिजेता संग २२ गते खेल्नु पर्ने छ ।

आईतबारको खेलमा त्रिभुवन आर्मीका २८ नम्बर खेलाडी सुडिल राई म्यान अफदि म्याच घोषीत हुँदै नगद १० हजार रुपियाँ प्राप्त गरे । माईभ्यालीको छैटौं संस्करणमा बिभागीय टिम त्रिभुवन आर्मी मात्र रहेको छ ।
सोमबारको खेल लिग बिजेता सान मिगेल मछिन्द्र र गोर्खा ब्वाईज रुपन्देही बिच हुँने छ । २४ गते सम्म संचालन हुने प्रतियोगिताको बिजेताले ८ लाख र उप बिजेताले ५ लाख रुपियाँ पाउने छ ।

Leave a Reply

Your email address will not be published.