माईजोगमाई गाउँपालिकाद्धारा विपन्न र मजदुरलाई खाद्यान्न बितरण

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ बिजनेस स्वास्थ्य/शिक्षा

नयाँबजार: कोरोनाका कारण विपन्न र मजदुरलाई खाध्यान्न अभाव भएपछि माईजोगमाई गाउँपालिकाले चामल प्रदान गरेको छ । गाउँपालिकाले ६ वटै वडाबाट लगत संकलन गरी आजबाट चामल वितरण सुरु गरेको हो । पहिलो दिन वडा नं ५ र ६ नम्बरका ८६ परिवारलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए ।

उनका अनुसार वडा नं ५ को वडा कार्यालयबाट ३७ जना र स्वास्थ्य कार्यालयबाट २० परिवारलाई वितरण गरिएको थियो । त्यसैगरी वडा नं ६ को कार्यालयबाट २९ परिवारलाई बितरण गरिएको छ । मापदण्ड बनाएर वितरण गरिएको राईले बताए । २ जनासम्म परिवारको भएकालाई १५ केजी, २ देखी ४ जना परिवार भएकालाई ३० केजी र त्यसमाथीकालाई प्रतिकेजीको ३० प्रतिशतको दरले हिसाब गरेर बितरण गरिएको उनले बताए । भोली वडा नं ३ र ४ मा वितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published.