जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगरको कोरोनाका कारण निधन

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ राजनीति स्वास्थ्य/शिक्षा

फिक्कल: जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र मगरको कोरोना संक्रमणका कारण निधन भएको छ । रोङ गाउँपालिका–५ बहुबन निवासी मगरको आज बिहान ५ बजे निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि झापाको बि.एण्ड. सी. अस्पताल भर्ना गरिएको थियो ।
मगरको उपचारकै क्रममा निधन भएको रोङ गाउपालिका वडा नम्बर ५ का बृहस्पति खतिवडाले जानकारी दिनुभयो । मगर २०७४ सालको स्थानीय निर्बाचनमा रोङ गाउपालिका वडा नम्बर ५ को वडा सदस्यमा निर्बाचित हुनु भएको थियो ।
निर्बाचन पछि उहा जिल्ला समन्वय समिति इलामका सदस्य हुनु भएको थियो । स्वगीय मगरको श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.