सीटामोल छोडौं, आयुर्वेद रोजौः पूर्व प्रधानमन्त्री खनाल

Breaking News Mukya Samachar Special News Trending प्रदेश संस्करण प्रमोसन समाज स्वास्थ्य/शिक्षा

प्रेम अधिकारी ,फिक्कल:

पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले नेपालीको उपचार गर्ने बानीमा परिवर्तन ल्याउनु पर्ने बताउनु भएको छ । बिहिबार मेची आयुर्वेद अस्पताको उद्घाटन एमाले बरिष्ठ नेता समेत रहनु भएका पूर्व प्रधानमन्त्री खनालले बिरामी भैसक्दा सिटामोल किन्ने बानी छोडेर आयुर्वेद उपचार पद्धती रोज्न आग्रह गर्नु भएको हो । उहाले भन्नु भयो ‘ सामान्य बिरामी हुँदा महंगा अस्पताल गएर औषधी खाईहाल्ने बानी त्यागौ, हाम्रै जडीबुटीमा बिश्वास गरौ , आयु आफै बढ्ने छ ।’ उहाले एन्टीवायोटीक औषधीको साईड इफेक्ट बढी हुने भएकाले जति प्रयोग गरे पनि घरेलु जडीबुटीबाट बनेको आयुर्वेद औषधी रोज्न आग्रह गर्नु भयो । उहाले नेपालीहरुको अविश्वासका कारण आयुर्वेद उपचार पद्धती ओझेलमा परेको बताउदै सबै नागरिकलाई आयुर्वेद उपचारमा बिश्वास गर्न आग्रह गर्नु भएको छ । उहाले इलाममा पाईने जडीबुटीको निकासी प्रवर्धन र प्रसोधनका लागि पहल गर्न समेत स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नु भयो ।
उक्त कार्यक्रममा संबिधानसभाका सदस्य टिकाराम लापचाले खुसी ब्यक्त गर्दै उक्त अस्पताल संचालनका लागि स्थानीयले सहयोग गर्नु पर्ने बताउनु भयो । ‘ नेपालीको आयु अव बढ्ने छ , मैले बिश्वास लिएको छु ’ लाप्चाले भन्नु भयो । यस्तै प्रदेश सभा सदस्य खिनु लङवा लिम्बुले इलामको सन्दकपुर , माईजोगमाई र पाँचर तथा ताप्लेजुङमा उत्पादित जडीबुटीको प्रवर्धनका लागि आफुले पहल गरिरहेको बताउनु भयो । उहाले माईजोगमाईका केहि क्षेत्रमा थप जडीबुटी बिस्तारको काम भैरहेको बताउनु भयो ।
यस्तै कार्यक्रममा सामाजिक बिकास मन्त्रालय अन्तर्गतको आयुर्वेद कार्यालयका प्रशासन प्रमुख अम्बीका चौलागाँईले सबैको प्रदेश सरकारले आयुर्वेदमा लगानी बढाई रहेको जानकारी दिनु भयो । उहाले सन २०३० सम्मा प्रदेश १ का सबै नागरिकको पहुँचमा आयुर्वेद उपचार पुग्ने गरी काम भैरहेको जानकारी दिनु भयो । कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नगरपालिकाले समेत आयुर्वेद क्षेत्रका लागि बजेट बिनीयोजन गरेको जानकारी दिनु भयो । उहाले तीनै तहका सरकार मिलेर आयुर्वेद उपचारलाई बिस्तार गर्नु पर्नेमा जोड दिनु भयो । यस्तै कार्यक्रममा फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले आयुर्वेदीक कार्यालयमा कर्मचारी नबस्ने जस्ता समस्या समाधान गर्न आग्रह गर्नु भयो उहाले भन्नु भयो ‘यातायतको अभावमा हाम्रा नागरिक उपचार गराउन पुग्न नसकेर मरिरहेका छन , आयुर्वेद उपचार गाउँघरमै राम्ररी संचालन हुन सके अकालमा मर्नै पर्दैन । ’
कार्यालय प्रमुख आचार्यले कार्यालयका कोठा जस्ता भौतीक पूर्वधारको कमी रहेको बताउनु भयो । मेची आयुर्वेद अस्पताल संचालक समिति सदस्य तथा सूर्योदयन गरपालिका उपप्रमुख दुर्गादेवि भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका भक्त के.सी. , अस्पताल संचालक समिति सदस्य बंशीधर दाहाल, आयुर्वेद विद मुनकर्ण थापा लगायतले आयुर्वेदीक पद्धतीको बिश्वास गर्न आग्रह गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published.