इलाममा फेरी बढ्यो कोरोना संक्रमण, आज मात्र एक सय सङ्क्रमित थपिए

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ स्वास्थ्य/शिक्षा

इलाम: इलाममा आज १०० संक्रमित थपिएका छन् । सूर्योदय नगरपालिकामा ४३, देउमाई नगरपालिकामा १९, इलाम नगरपालिकामा १३,माईजोगमाई गाउँपालिकामा १४, फाकफोकथुम गाउँपालिकामा ६ र रोङ गाउँपालिकामा ५ जना थपिएका छन् । जिल्लामा हाल सम्म २ हजार ४ सय ५२ जना संक्रमित भएका छन ।

हालसम्म जिल्लामा ५७ जनाको मृत्यु भइसकेको छ भने एक हजार आठ सय असी जना कोरोना संक्रमित भई निको भैसकेका छन् । हाल ७ सय ९६ जनाको पिसिआर र ९ हजार ६ सय ४० जनाको एन्टिजेन गरी सम्म १० हजार ४ सय ३६ जनाको परीक्षण गरिएको छ । हाल जिल्लामा ५ सय १५ जना उपचारमा रहेका छन् ।जिल्लामा बन्दाबन्दी खुकुलो भए संगै कोरोना संक्रमणको दर बढ्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *