इलामबाट संगीत, स्वास्थ्य र पत्रकारीता क्षेत्रबाट तीनजना बिभूषित हुने

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन सूचना प्रविधि

गणेश घिमिरे, असोज

सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने भएको छ । यसरी पदक तथा सम्मान पाउनेमा इलामबाट पनि तीनजना ब्यक्तित्व रहनु भएको छ । कला, संगित र साहित्य क्षेत्र, स्वास्थ्य क्षेत्र र पत्रकारीता क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाउने तीन ब्यक्तिलाई बिभूषित गर्ने भएको हो ।

जस अनुरुप कला, संगित र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै प्रवल जनसेवाश्री पदक बाट कोमल निरौलालाई विभूषित गर्ने भएको हो । यसैगरी जनसेवा श्रीपदकबाट स्वास्थ्य कार्यालय इलामका बिमल बराललाई बिभुषित गर्ने भएको छ भने मुकुन्द दाहाललाई पनि प्रबल जनसेवाश्री मानपदवी प्रदान गर्ने भएको छ ।
इलामको साबिक नामसालिङ गाविस वडा नम्बर २ मा जन्म हाल इलाम नगरपालिका ७ मा स्थायी बसोबास गर्दै आउनु भएका गायक तथा संगितकार कोमल निरौला साँगितीक क्षेत्रमा लामो समयदेखि अनवरत हुनुन्छ । २०२६ सालमा रेडियो नेपालमा पहिलो पटक ’के सानी रहिछौ नानी तिमी, बोलाऊ बोलाऊ लाग्छ गित रेकडिङ गराउनु भएका निरौलाले आफनै स्वरमा दर्जनौ गितमा संगित भनुभएको छ भने दर्जन बढि गित रचना गर्नुभएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ समेत रहनु भएका उहाँ अझैपनि इलामको कला संगित क्षेत्रलाई अगाडी बढाउन अनवरत हुनुन्छ । यसैगरी स्वास्थ्य कार्यालय इलाममा लामो समयदेखि कार्यरत बिमल बरालले कोराना महामारीको प्रकोपमा जिल्लाको कोभिड १९ फोकल पर्सनमा रहेर महामारी रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण योगदान पुरयाउनु भएको छ । बिगत २४ बर्षदेखि स्वास्थय कार्यालय इलाममा अनवरत खटिरहनु भएका बरालको स्थायी घर भने झापाको भद्रपुर नगरपालिका वडा नम्बर ९ हो ।
स्वास्थ्य कार्यालय इलामको मलेरिया इनिस्पेक्टर निरीक्षक अधिकृत भएर काम गर्दै आउनु भएका बरालले ३६ बर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गरीरहनु भएको छ । बिभिन्न संघ संस्थामा समेत आबद्ध बरालले २०७७ साल चैतबाट स्वास्थ्य कार्यालय इलामले जिल्ला स्तरीय कोभिड १९ फोकल पर्सनको जिम्मेवारी समेत दिएको हो ।

त्यो जिम्मेवारीलाई उहाँले हालसम्म सफलतापूर्व भूमिका निभाउँदै आउनु भएको छ । यसैगरी इलामनगरपालिका ७ मा जन्म भई काठमाडौंलाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा क्रियाशिल मुकुन्द दाहाललाई पनि प्रबल जनसेवाश्री मानपदवी प्रदान गर्ने भएको छ । पत्रकारीता क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाएको भन्दै उहाँलाई पनि सरकारले बिभूषित गर्ने भएको हो । दाहाल न्यूज टवान्टि फोरमा कार्यरत हुनुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *